डडेल्धुरा २२ पुषः कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले क्षति व्यहोरेका डडेल्धुराका आलु कृषकले दोश्रो खेतीमा डडुवा लाग्दा फेरि क्षति व्यहोर्नु परेको छ ।
मौसमी नगदे तरकारी बाली आलुखेती गरिरहेका नवदुर्गा गाउँपालिका वडा नंबर २ र ३ क्लष्टरका कृषकहरुले दोश्रो खेतीको रुपमा ६ सय क्वीन्टल आलु बिउ लगाएकोमा आधा जति आलुमा डडुवा लागेपछि लाखौं आम्दानी हुनबाट वञ्चित मात्र भएका छैनन् गहुँबाली विस्थापित गरेर आलुमा आकर्षित भएका कृषकलाई के खाने भन्ने चिन्ता थपिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई आलु सुपरजोन कार्यालय डडेल्धुराले कृषकलाई प्राविधिक परामर्श दिँदै औषधि र भिटामिन छर्केर उपचार गर्न सुझाए पनि कृषक भने चिन्तित छन् ।
परम्परागत खेती गहुँलाई विस्थापित गर्दै आलु खेतीमा लागेका नवदुर्गाका कृषकलाई स्थानीय सरकारले २५ प्रतिशत बजेट अनुदानबाहेक अरु कुनै चासो नदिएकोमा कृषकले गुनासो गरेका छन् ।
स्थानीय सरकार, प्रदेश सरकार र परियोजनाको अनुदान, वीमा शुल्क अनुदान तथा किसानहरुलाई आवश्यक सहयोग प्राप्त हुन थालेपछि गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आलु उत्पादन बढेसँगै डडेल्धुरामा चक्लाबन्दि प्रणालीमा १२ हजार रोपनी अर्थात ६ सय बढि हेक्टर आलुखेती विस्तार भएको थियो ।
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन