देशभर थप ५४० जनामा संक्रमण पुष्टि


देशभर थप ५४० जनामा संक्रमण पुष्टि

नेपालगन्ज २२ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो ।

यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार २७१ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन् । यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।