चिसोमा मगंता समुदायलाई सेनाले दियो कम्बल र खाद्यान्न


चिसोमा मगंता समुदायलाई सेनाले दियो कम्बल र खाद्यान्न

नेपालगन्ज २२ पुष : बाँकेको डुडुवा गाउँपालिकामा रहेका मगंता समुदायका ७० घरपरिवारलाई कम्बल र खाद्यान्न प्रदान गरिएकोछ । एक्कासी बढेको चिसोलाई मध्यनजर गर्दै डुडुवाका मंगता समुदायका ७० घरपरिवारलाई कम्बल र खाद्यान्न प्रदान गरिएको हो ।

सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगन्ज फुटबल क्लब र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले बिहीबार संयुक्तरुपमा डुडुवा गाउँपालिका– ६ मंगताटोलका ती घरपरिवारलाई कम्बल तथा खाद्यान्न वितरण गरेको छ ।

मंगताटोलमा अधिकांशले मागेर नै गुजारा चलाउँछन् । चिसोमा उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको हो ।

सो अवसरमा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले चिसोले समस्यामा परेका मगंता समुदायका घरपरिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगन्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणी अधिकारी, उनका आमा महालक्ष्मी अधिकारी र श्रीमती प्रतिमा अधिकारी, वेष्टर्न अस्पतालका सञ्चालक डाक्टर कल्पना थापा र छोरा राहुल थापा, श्री नम्बर ४ बाहिनी अड्डाका मेजर दीप श्रेष्ठ र श्रीमती लक्ष्मी श्रेष्ठले मंगताटोलका ७० घरपरिवारलाई कम्बल र खाद्यान्न वितरण गरेको भन्दै डुडुवा गाउँपालिका वडा नम्बर–६ का वडाध्यक्ष मोहन मिश्रले धन्यवाद दिए ।