देशभर ६ हजार १४० जना सक्रिय संक्रमित


देशभर ६ हजार १४० जना सक्रिय संक्रमित

नेपालगन्ज २४ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै यही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ । हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।