नेपालगन्ज २५ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एघार सय बढि कोरोना संक्रमित भेटिएकाछन् ।
देशभर १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा एकैदिन एक हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।
यही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।