नेपालगन्ज २५ पुष : नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि विवादित बनेको नेकपा एमाले बाँकेले अन्ततः नयाँ नेतृत्व चयन गर्न सफल भएकोछ ।
नेकपा एमाले बाँकेको ८ औं महाधिवेशन अन्र्तगत शुक्रबारदेखि नयाँ नेतृत्व चयनमा ठूलो रस्साकस्सी भएको थियो । रस्साकस्सीपछि अन्ततः आईतबार बेलुका नेकपा एमाले बाँकेको अध्यक्ष मण्डलले गरेको प्रस्तावमै सहमती जुटेको हो ।
सर्वसम्मत नेतृत्व छान्ने प्रयास स्वरुप अध्यक्ष मण्डलले किस्मतकुमार कक्षपतिको अध्यक्षतामा १२० सदस्यीय कमिटी प्रस्ताव गरेको थियो । त्यसैलाई मूर्तरुपमा दिने काम भएको छ ।
उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री, उपसचिवमा भूमिसरा धिताल र दीपक बर्मा चयन भएका छन् ।
अध्यक्षका आकांक्षी निरक गुरुङ र अशोक कर्माचार्यले यसअघि अध्यक्ष मण्डलको प्रस्ताव अस्विकार गर्दै उम्मेदवारी दर्ता गराएपछि नेतृत्व छान्न नेकपा एमाले बाँकेलाई सकस भएको थियो । तर, गुरुङ र कर्माचार्यले उम्मेदवारी फिर्ता लिएसँगै एमाले बाँकेको नयाँ नेतृत्व सर्वसम्मत चुनिएको हो ।
थप समाचार
एमाले बाँकेको नेतृत्व चयनमा विवाद, सहमति जुटाउने प्रयास जारी
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस