शिक्षा मन्त्रालयको निर्णय : माघ १५ सम्म देशभरका विद्यालय बन्द


शिक्षा मन्त्रालयको निर्णय : माघ १५ सम्म देशभरका विद्यालय बन्द

नेपालगन्ज २६ पुष : कोरोना भाइरस संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय आगामी माघ १५ गतेसम्मका लागि बन्द गरिएकोछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको हो ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले अगाडी भने, ‘बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।’ शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

आईतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

थप समाचार

सीसीएमसीद्वारा पुष २६ गतेदेखि माघ १५ गतेसम्म देशभर विद्यालय बन्द गर्ने निर्णय