नेपालगन्ज २६ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ । हाल ११३ जना क्वारेन्टाइनमा छन् । ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।