राप्तीसोनारीमा निःशुल्क आँखा शिविर


राप्तीसोनारीमा निःशुल्क आँखा शिविर

राजन निरौला

नेपालगन्ज २६ पुष : राप्तीसोनारी गाउँपालिकामा सोमबारदेखि निःशुल्क आँखा शिवर सञ्चालन भएको छ । राप्तीसोनारी गाउँपालिका र फत्तेवाल आँखा अस्पतालको संयुक्त आयोजनामा गाउँपालिकाको सबै वडामा आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन गाउँपालिका अन्तर्गत वडा नम्बर– १ खासकुस्मामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिवरको उद्घाटन गरेका थिए ।

खासकुस्मा स्वाथ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा २०१ जनाले आँखा जाँच गराएको फत्तेवाल आँखा अस्पतालका डाक्टर छन्दुलाल थारुले जानकारी दिए । ती मध्य ३८ जनामा मोती विन्दुको समस्या देखिएकाले फत्तेवाल अस्पतालमा रेफर गरिएको डाक्टर थारुले बताए । शिविरबाट अस्पतालमा रेफर गरिका सबैको निःशुल्क अप्रेशन गरिने पनि डाक्टर थारुले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

वडा नम्बर एक पछि पौष २७ गते वडा नम्बर– २ कचनापुर स्वाथ्य चौकी, २८ गते आधारभूत स्वाथ्य चौकी समशेरगञ्ज, २९ गते महादेवपुरी स्वाथ्य चौकी ढकेरी, ३० गते राप्तीसोनरी– ३ स्थित आधारभूत स्वाथ्य केन्द्रमा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यसैगरी आगामी माघ ४ विनौना स्वाथ्य चौकी, माघ ५ गते फत्तेपुर स्वाथ्य चौकी फत्तेपुर, माघ ६ गते आधारभूत स्वाथ्य चौकी कमैया डाँडा र माघ ७ गते राप्तीसोनारी अस्पताल बैजापुरमा शिविर सञ्चालन गरिने फत्तेवाल आँखा अस्पतालले जनाएको छ ।

गाउँपालिका अन्तर्गत सबै वडामा सञ्चालन गरिने शिविर ४० वर्ष भन्दा माथि उमेर समुहका मानिसहरुका लागि लाभदायक रहेको चिकित्सकहरुको भनाई छ ।