एकैदिन थपिए २,४४४ कोरोना संक्रमित, काठमाण्डौंमा ‘लकडाउन’ लगाइयो


एकैदिन थपिए २,४४४ कोरोना संक्रमित, काठमाण्डौंमा ‘लकडाउन’ लगाइयो

नेपालगन्ज २७ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन देशभर २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।

यसैबीच, कोरोना भाइरसको बढ्दो संक्रमणको चेन ब्रेक गर्ने भन्दै काठमाडौं उपत्यकामा लकडाउन लगाइएकोछ ।

कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्ने भन्दै मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।

यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।