झनझन् बढ्दै कोरोना : एकैदिन भेटिए ३ हजार ७५ मा कोरोना संक्रमित


झनझन् बढ्दै कोरोना : एकैदिन भेटिए ३ हजार ७५ मा कोरोना संक्रमित

नेपालगन्ज २८ पुष : नेपालमा लगातार कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएकोछ । केही दिनपहिले सम्म ५ सय भन्दा कम संक्रमित भेटिने गरेकोमा अहिले यो दर ह्वात्तै बढेर आएकोछ ।

कोरोना संक्रमणको यो दरले यतिबेला नेपालमा तेस्रो लहर सुरु भइसकेको पुष्टि गरिरहेकोछ । बढ्दो कोरोना संक्रमणको यो दरले दिनहुँ आफ्नो रेकर्ड ब्रेक गरिरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।