कोभिड भ्याक्सिनको दुवै डोज लगाएका नेपालगन्जका पत्रकार दाहाल तेस्रो पटक संक्रमित


कोभिड भ्याक्सिनको दुवै डोज लगाएका नेपालगन्जका पत्रकार दाहाल तेस्रो पटक संक्रमित

नेपालगन्ज २८ पुष : कोभिड विरुद्धको खोप लगाएका बाँकेका पत्रकार खगेन्द्र दाहाल पुनः कोरोना संक्रमित भएकाछन् । कोरोना भाइरस संक्रमण विरुद्धको कोभिड भ्याक्सिन कोभिशिल्डको दुवै डोज पुरा गरेका पत्रकार दाहाल आज पुनः संक्रमित भएका हुन् । कोरोना संक्रमित भएका उनी यो तस्रो पटक हो ।

यसअघि पत्रकार दाहाल २०७७ साउन २१ गते र दोस्रो पटक सोही वर्ष मंसिर २१ गते कोरोना संक्रमित भएका थिए । तेस्रोपटक कोरोना संक्रमित भएका पत्रकार दाहाल यतिबेला खजुरा गाउँपालिका स्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेकाछन् ।

सेतोखरीसंग टेलिफोनमा कुरा गर्दै पत्रकार दाहालले भने–‘हिजो बेलुका ६ बजेदेखि जाडो बढी महसुस भयो, रातभरी काम ज्वोरो र जीउ कटकटी खायो ।’ उनले अगाडी थपे–‘यसअघि पनि आफू संक्रमित हुँदा यस्तै लक्षण पाएको शंकामा आज विहान र दिउँसो दुई पटक एन्टिजेन परीक्षण गर्दा कोभिड पुष्टि भयो ।’

कोभिड पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको बताउँदै पत्रकार दाहालले भने–‘यसपटक कोभिड पुष्टि भएपनि पहिलेकै जस्तो हल्का ज्वोरो, स्वाद हराएको, जीउ कटकटि आएको लक्षण देखिएकोछ । स्वास्थ्यमा सुधार हुने छाँट देखिएको छैन, भोली(बिहीबार) भेरी अस्पताल भर्ना हुन्छु ।’

Kids Festival 2022
kanti aarogya hospital
add

पत्रकार दाहालले कोरोना भाइरस संक्रमण विरुद्धको भ्याक्सिन कोभिशिल्डको दुबै डोज लगाइसकेकाछन् । गत वर्ष फागुनमा पहिलो डोज लगाएका उनले दोस्रो डोज यही वर्षको वैशाखमा लगाएको बताए ।

समाचार रिर्पोटिङ्गकै क्रममा शंका लागेर यसअघि २०७७ साउन २१ गते पत्रकार दाहालले स्वाब परीक्षण गराएका थिए । साउन २३ गते आएको रिर्पोटमा दाहाल पोजेटिभ पाइएका थिए । पोजेटिभ पाइएपछि सो बेला धम्बोझी स्थित सिटी प्यालेस होटलको आइसोलेसनमा १४ दिन पुरा गरेर भदौ ५ गते १५ दिनको दिन डिस्चार्ज भएका पत्रकार दाहाललाई तीनमहिनापछि पुनः कोरोना संक्रमित भए ।

गत वर्ष मंसिर १५ गतेदेखि ज्वोरोबाट ग्रसित पत्रकार दाहाललाई सो बेला स्वास फेर्न गाह्रो हुनुको साथै छाति दुख्ने र शरीर पुरै दुख्ने लक्षण देखिएको थियो ।

कोरोना भाईरसको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गराएका दाहालको मंसिर २१ गते पुनः दोस्रो पटक रिर्पोट पोजेटिभ आयो । उनी उपचारका लागि भेरी अस्पताल भर्ना भए ।

दोस्रो पटक कोरोना रिपिट भएर उपचारका क्रममा रहँदा पत्रकार दाहाललाई रेमडिसिभर चढाइएको थियो । त्यसबेला उनलाई रेमडिसिभर चढाउन भेरी अस्पतालले सिफारिस गरेको थियो ।

पहिलोपटक कोरोना संक्रमणबाट निको भएपछि दाहालले प्लाज्मा दान समेत गरेका थिए । प्लाज्मा दान र कोभिड भ्याक्सिनको दुबै डोज पुरा गरेका पत्रकार दाहाललाई १३ महिनापछि पुनः तेस्रो पटक कोरोना लागेको हो ।

थप समाचार

पत्रकार खगेन्द्रलाई तीन महिनापछि कोरोना रिपिट, अस्पताल भर्ना

कोरोना रिपिट भएका पत्रकार खगेन्द्रलाई रेमडिसिभर चढाउन भेरी अस्पतालद्वारा सिफारिस