नेपालगन्ज २९ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको कुल १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो बुधबार मात्रै देशभर ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको थियो ।
विहीबार थपिएका कुल कोरोना संक्रमितको संख्यासँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ४० हजार ५ सय २२ पुगेकोछ ।
कुल कोरोना संक्रमित मध्ये पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना रहेकाछन् ।
संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएकोछ ।