तपाईलाई यी लक्षण देखिए ओमिक्रोन संक्रमण हुन सक्छ


तपाईलाई यी लक्षण देखिए ओमिक्रोन संक्रमण हुन सक्छ

नेपालगनज २९ पुष : कोरोना भाइरस संक्रमणको दोस्रो चरण डेल्टा भेरियन्टका कारण चुनौतीपूर्ण बनेको थियो । अब डेल्टा भेरियन्टसँगै ओमिक्रोनको समेत ‘सरप्राइज’ उपस्थितिले संक्रमण तीब्र बनेको छ ।

यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पीसीआर प्रविधिबाट छुट्याउन भने सकिँदैन । तर, पछिल्लो समय नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस–जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस–जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन पनि फैलिँदै गरेको देखिन्छ ।

यद्यपि, यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ । अस्पतालहरुमा केही दिनयता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा केही साझा लक्षणहरु देखिएका छन् । ती लक्षणहरुमध्ये निम्न ५ लक्षण प्रमुख रुपमा देखापरेका छन् :

–घाँटी दुख्ने र असहज हुने ।
–थकान महसुस हुने ।
–टाउको र शरीरका मांशपेशी दुख्ने ।
–हल्का शरीर तातिएको महसुस हुने ।
–नाकबाट पानी आउने र बन्द हुने ।

Kids Festival 2022
kanti aarogya hospital

यहाँ उल्लेख गरिएका लक्षणहरु सामान्यतया खोप लगाएका संक्रमितहरुमा देखिएका छन् । यी लक्षणहरुबाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाहिँ होइन ।

खोप लगाएकाहरुमा संक्रमण हुन सक्ने भएपनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धानले देखाएका छन् । तसर्थ, यो जोखिमबाट बच्नका लागि खोप लगाउनु नै सबभन्दा प्रभावकारी उपाय हो । यसमा सबैको ध्यान पुग्न अपरिहार्य छ ।  -डाक्टर शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ