एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित


एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

नेपालगन्ज ३० पुष : नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांक अनुसार देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।