खिचडी र तील खानुको फाइदा


खिचडी र तील खानुको फाइदा

नेपालगन्ज १ माघ : माघेसंक्रान्तिका अवसरमा जातजातीअनुसार परिकार खाने चलनछ । पहाडी, हिमाली तथा तराई भेगमा बस्ने अन्य जातीहरु सख्खरखण्ड, गन्जी, तरुल, चाकु, तीलको लयु, खीर, खीचडी पकाएर खाने चलन छ ।

समयमा आएको परिर्वतनसगैं माघी हिन्दू समुदायमा मात्र सिमित भएको पाइदैन । यसले विस्तारै अन्य मुस्लिम धर्मावलम्बीहरुलाई पनि छोएको छ । यसदिन मुस्लिम समुदायले खीचडी समेत बनाएर खाने गर्दछन् । यसका साथै मघौटा र छोक्रा नाँच पनि नाच्ने चलन छ ।

भूभागअनुसार माघे संक्रान्तिका अवसरमा देउसी भैलो खेलेझै पाइयो–पाइयो खेल्ने गरिन्छ । माघीका दिन साना केटाकेटीहरु समुह बनाएर टोलछिमेकमा गई पाइयो पाइयो भन्दै खेल्ने गर्दछन् । यसरी आफ्नो घरआँगनमा अएका केटाकेटीलाई घरमुलीले गन्जी, तरुल, चाकु लगायतका खानेकुरा दिने गर्छन् । हरेक वर्षको माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् मकर संक्रान्ति पर्वका रुपमा मनाईन्छ ।

खिचडी खानुका फाइदा

Kanti Aarogya Hospital Nepalgunj

माघे संक्रान्तिको अवसर पारेर घरघरमा खिचडी खाने प्रचलन अहिले पनि विद्यमान छ । यसको वैज्ञानिक कारण के हो भने यस समयमा शीतलहर चल्ने गर्छ । शीतलहरमा चिसोबाट बच्न तथा शरीरलाई तुरुन्तै उर्जा प्रदान गर्न खिचडीको सेवन निकै लाभदायक मानिन्छ ।

किनकी यसमा नयाँ चामलको साथमा मुंगको दाल, अदुवा लगायत कयौ प्रकारका सागसब्जीको प्रयोग हुने गर्छ । जसले गर्दा यसले शरीरमा गर्मी पैदा हुन्छ ।

तिल र गुडसित जोडिएको वैज्ञानिक आधार

माघे संक्रान्तिको अवसरमा तिल र गुड खानुको वैज्ञानिक आधार छ । विशेषगरी, चिसो मौसममा जब शरीरलाई गर्मीको आवश्यकता पर्छ, तब तिल वा गुडले शरीरलाई गर्मी प्रदान गर्न मद्दत गर्छ ।

विशेषगरी, तिलमा तेल हुने भएकोले तेलको कमी हुन दिदैन, र शरीर तातो हुने गर्छ ।

यस्तैगरी, गुडले पनि शरीरलाई गर्माहट दिन्छ । यही विशेषताका कारण पनि माघ महिनाको सुरुवातमा तिल तथा गुडबाट बनेको परिकारको अत्याधिक सेवन हुने गर्छ ।