देशभर सक्रिय संक्रमित २५ हजार नाघे


देशभर सक्रिय संक्रमित २५ हजार नाघे

नेपालगन्ज २ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आईतबार जानकारी दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।