एकैपटक साढे ६ हजार बढिमा कोरोना पुष्टि, उपचाररत ३ जनाको मृत्यु


एकैपटक साढे ६ हजार बढिमा कोरोना पुष्टि, उपचाररत ३ जनाको मृत्यु

नेपालगन्ज ३ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप साढे ६ हजार बढि जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणका क्रममा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४ सय ६५ नमूना परीक्षण गर्दा ती ब्यक्तिमा कोरोना पुष्टि भयो । मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार १४ पीसीआर र ३ हजार ४५१ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ जना कोरोना संक्रमित भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।