नरैनापुर गाउँपालिकाका कर्मचारीमा कोरोना फैलियो, ५ दिनका लागि गाउँपालिका बन्द


नरैनापुर गाउँपालिकाका कर्मचारीमा कोरोना फैलियो, ५ दिनका लागि गाउँपालिका बन्द

नेपालगन्ज ३ माघ : बाँकेको नरैनापुर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण फैलिएपछि गाँउपालिका बन्द गरिएकोछ । गाउँपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पाइएपछि ५ दिनका लागि गाउँपालिका बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सोमबार एक सूचना जारी गर्दै आगामी माघ ८ गतेसम्मका लागि गाउँपालिकाको सम्पूर्ण कामकाज बन्द गरिएको जनाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘गाउँपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना देखिएपछि (माघ ४ गते) भोलीदेखि माघ ८ गतेसम्म सम्पूर्ण कामकाज बन्द रहनेछ’ अध्यक्ष इश्तियाकद्वारा जारी सूचनामा उल्लेखछ ।

अध्यक्ष इश्तियाक अहमद शाहद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जनाइएको छ । भने हालको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धिको मापदण्ड पूर्णरुपमा पालना गरि अति आवश्यक क्रियाकलाप गर्न आग्रह गरिएकोछ ।