नेपाल एशियाकै पहिलो मर्करीमुक्त दन्त चिकित्सा सेवा प्रदान गर्ने राष्ट्र बन्यो

नेपालका वातावरण वैज्ञानिक साहलाई एशियाकै पहिलो पुरस्कार प्रदान


नेपाल एशियाकै पहिलो मर्करीमुक्त दन्त चिकित्सा सेवा प्रदान गर्ने राष्ट्र बन्यो

नेपालगन्ज ३ माघ : र्मकरीमुक्त अभियानमा लामो समयदेखि क्रियाशिल नेपालका वातावरण वैज्ञानिक रामचरित्र साहलाई एशियाकै पहिलो पुरस्कार प्रदान गरिएको छ । विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (डब्लुएएमएफडी) ले मर्करीमुक्त समाज निर्माणमा अहोरात्र खटिएका नेपालका वातावरण वैज्ञानिक साहलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

नेपालमा निकै क्रियाशिल एवं प्रभावकारी गैर सरकारी संस्था जन स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) का प्रमुख कार्यकारी निर्देशक समेत रहेका वातावरण वैज्ञानिक साह नेपालमा मर्करीमुक्त दन्त चिकित्सा सेवा प्रदान गराउन सफल भएको भन्दै उनलाई एशियाकै पहिलो पुरस्कार प्रदान गरिएको छ ।

विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (डब्लुएएमएफडी) ले नेपाल एशियामै पहिला मर्करीमूक्त दन्त चिकित्सा सेवा उपलब्द्ध गराउने राष्ट्र भएकोमा समेत नेपाल र नेपालीलाई बधाइ दिएकोछ । अमेरिकाको, वासिङ्गटन डिसि स्थित विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालले एक कार्यक्रमको आयोजना गरि उक्त अद्वितीय पुरस्कार मर्करी मूक्त दन्त चिकित्सा एवं मर्करीमूक्त स्वास्थ्य सेवा प्राप्त गर्न निकै प्रभवशाली भुमिका खेलेको भन्दै सिफेडका प्रमूख कार्यकारी निर्देशक र पहिला हुने नेपाललाई प्रदान गरेको हो ।

‘निकै संघर्षशील एवं चुनौतीपूर्ण र वर्र्षाैसम्मको लगातार प्रयास, पहल एवं अनुसन्धानमा आधारीत पैरबीको फलस्वरुप नेलालको स्वास्थ्य क्षेत्रबाट घातक मर्करी उन्मूलन गर्न राम चरित्र साहले गरेका प्रयासहरुको उच्च मुल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरेका हौं’ विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालका अध्यक्ष चार्ली ब्राउनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले यो पुरस्कार साहले नेपाली जनता र नेपालको वातावरण संरक्षणार्थ गरिएका वर्षौसम्मको सेवा र योगदान नतिजा बापत प्रदान गरिएकोमा निकै प्रशंसा गरे ।

ढाका स्थित वातावरणीय स्वास्थ्यका निर्देशक सिदिका सुल्तानाले साह एशिया एवं विश्वकै गैर सरकारी संस्थाहरुको उत्कृष्ट प्रमुखहरु मध्ये एक भएको विचार ब्यक्त गरे । उनले हाम्रो छिमेकी राष्ट्र नेपाल मर्करीमूक्त दन्त चिकित्सा सेवा प्रदान गर्न सक्षम भएकोमा निकै गौरवान्वित महशुस गर्दै साहले खेलेको नेतृत्वदायी भुमिकाको निकै प्रशंसा गरे ।

नेपलामा मर्करीमूक्त स्वास्थ्य सेवा र मर्करीमूक्त दन्त चिकित्सा सेवा सम्बन्धि अभियान सञ्चालन गरेका सिफेडका कार्यकारी निर्देशक एवम वातावरण वैज्ञानिकको पहलकदमबाट नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०६९ फागुन २१ गते मर्करीयूक्त उपकरणहरुको आयात, खरिद तथा प्रयोगमा आ.व.२०७०।७१ देखी पुर्णतया प्रतिबन्ध गर्ने निर्णय प्रभावकारी कार्यान्वयनमा आईसकेको छ । फलस्वरुप प्रायजसो सबै अस्पतालहरुमा ज्वोरो नाप्न मर्करीमुक्त डिजीटल थर्मामीटर तथा रक्तचाप नाप्न मर्करीमुक्त ऐनेरोइड रक्तचाप नाप्ने यन्त्रनै प्रयोग भैरहेका छन् ।

सेतोखरीसंग कुरा गर्दै वातावरण वैज्ञानिक साहले भने–‘२०७६ भाद्र ४ गतेदेखि लागु हुने गरी जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रको अनुसन्धानमा आधारीत मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवाका सम्बन्धित सबै सरोकारवाला संध संस्थाहरुसंग मिलेर गर्दै आएको पैरबीलाई सम्बोधन गर्दै तत्कालिन उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवले मर्करीयूक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाउदै मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा सुनिस्चित गर्नेतर्फ मन्त्रीस्तरीय दुरगामी निणर्यहरु व्यवहारमा आईसकेको छ ।‘

उनले अगाडी थपे–‘ उक्त मन्त्रीस्तरीय निर्णयबाट गर्भवती र स्तनपान गराईरहेको महिला तथा १५ वर्षमुनि बालबालिकाहरुमा मर्करी डेन्टल अमल्गमको प्रयोग पुर्णतः प्रतिबन्ध लगाउने, अन्य उमेरको हकमा विकल्प भएमा (मर्करी डेन्टल अमल्गमको प्रयोगमा) पाँच वर्ष भित्र प्रतिबन्ध लगाउने ।, दन्त चिकित्सा अध्ययन अध्यापन गराउने विश्वबिद्यालयहरु तथा प्रतिष्ठानहरुलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गर्ने र प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोग प्रतिबन्ध गर्ने जस्ता निर्णय भइ ब्यवहारमा लागु भएकोछ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार मर्करी मानवस्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० रसायन मध्ये एक प्रमूख रसायन हो । मर्करीले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह«ास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिलाहरु, शिशुको बृद्धी विकासमा अवारोध पु¥याँउदछ । छाला समेतलाई पार गरेर शरीरको विभिन्न संवेदनशील र महत्वपुर्ण अँगहरु जस्तै मस्तिष्क, फोक्सो, मृगौलासम्म बिना रुकावट सजिलै पुगि दीर्घकालिन हानी पु¥याउँदछ । भने सालनाल पार गरी गर्भमा रहेको शिशुहरुको शारीरीक, मानसिक र बौद्धीक विकासमा पनि अबरोध पु¥याउँछ ।