जनशक्ति अभावमा जमुनाह नाकामा स्वास्थ्य जाँच


जनशक्ति अभावमा जमुनाह नाकामा स्वास्थ्य जाँच

नेपालगन्ज ४ माघ : नेपाल–भारत सीमा नाका जमुनाह नाकामा रहेको हेल्थ डेस्कका १० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य जाँचमा कठिनाई उत्पन्न भएकोछ ।

हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटमा परेपछि जमुनाह नाकामा कोरोना जाँचमा कठिनाई उत्पन्न भएको हो ।

नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव हुन थालेको छ । स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुने र आइसुलेट हुँदा कम जनशक्तिमै धेरै काम गर्नुपर्दा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कठिनाई भइरहेकोछ ।

पछिल्लो दुई हप्ता यता नेपाल–भारत सीमानाका भएर आउनेहरुमा संक्रमण बढ्दै गएको छ । भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जको जमुनाह नाकामा खटिएका कुल २४ स्वास्थ्यकर्मीमध्ये १० जनालाई संक्रमण पुष्टि भइसकेको छ । उनीहरु यतिबेला आइसोलेसनमा रहेकाछन् । सबैको स्वास्थ्य अवस्था सामान्य भएपनि बढ्दो चाप र एन्टिजेन परीक्षणमा समस्या खड्किएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्ट्याण्डबाइमा कर्मचारी राख्नुपर्ने आवश्यकता औंल्याएको भएपनि संक्रमित १० जना स्वास्थ्यकर्मीको ठाउँमा थप जनशक्ति पठाउन सकेको छैन ।