नेपालगन्ज ४ माघ : नेपाल–भारत सीमा नाका जमुनाह नाकामा रहेको हेल्थ डेस्कका १० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य जाँचमा कठिनाई उत्पन्न भएकोछ ।
हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटमा परेपछि जमुनाह नाकामा कोरोना जाँचमा कठिनाई उत्पन्न भएको हो ।
नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव हुन थालेको छ । स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुने र आइसुलेट हुँदा कम जनशक्तिमै धेरै काम गर्नुपर्दा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कठिनाई भइरहेकोछ ।
पछिल्लो दुई हप्ता यता नेपाल–भारत सीमानाका भएर आउनेहरुमा संक्रमण बढ्दै गएको छ । भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुने गरेको छ ।
नेपालगन्जको जमुनाह नाकामा खटिएका कुल २४ स्वास्थ्यकर्मीमध्ये १० जनालाई संक्रमण पुष्टि भइसकेको छ । उनीहरु यतिबेला आइसोलेसनमा रहेकाछन् । सबैको स्वास्थ्य अवस्था सामान्य भएपनि बढ्दो चाप र एन्टिजेन परीक्षणमा समस्या खड्किएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्ट्याण्डबाइमा कर्मचारी राख्नुपर्ने आवश्यकता औंल्याएको भएपनि संक्रमित १० जना स्वास्थ्यकर्मीको ठाउँमा थप जनशक्ति पठाउन सकेको छैन ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल