नेपालगन्ज ४ माघ : पछिल्लो २४ घण्टामा बाँकेमा थप ७७ जनामा कोरोना संक्रमण पाइएकोछ । बाँकेका तीन वटा प्रयोगशालामा एक सय ४५ नमुना परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५१ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ७ सय ७१ पुगेको छ । यो संगै बाँकेमा कोरोना संक्रमणदर ५३ प्रतिशत पुगेको छ ।
भेरी अस्पतालमा ७१ वटा नमुना जाँच गर्दा ४१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५५ नमुना जाँच गर्दा २८ जना र बागेश्वरी ल्यावमा १९ वटा नमुना जाँच गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि भएका अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् ।
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द