एकैदिन ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि


एकैदिन ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज ५ माघ : पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

हाल होम आइसोलेशनमा ४६ हजार ५१५ र बाँकी संस्थागत आइसोलेनमा संक्रमितहरु रहेका छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये आईसीयुमा १६९ र भेन्टिलेनरमा २८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । जुन हालसम्मकै उच्च भएको उनले बताए ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।