अब ८ सयमा कोरोना परीक्षण हुने


अब ८ सयमा कोरोना परीक्षण हुने

नेपालगन्ज ५ माघ : सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तर, मन्त्रालयका सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको निःशुल्क हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले कोरोना परीक्षणका लागि ८ सय रुपैयाँ लिने भएकोछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क एक हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो ।