अञ्जुको ‘लुकेको वास्ना’


अञ्जुको ‘लुकेको वास्ना’

कोहलपुर ६ माघ : साहित्यकार तथा उपन्यासकार अञ्जु न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन गरिएकोछ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा बुधबार न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन तथा परिचर्चा गरियो ।

प्रतिष्ठानका अध्यक्ष कपील अञ्जानको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी प्रमुख आथिती रहेका थिए । प्रमुख अतिथि रेग्मी तथा अन्य अतिथिहरुले समग्र रुपमा कार्यक्रमको उद्घाटन गर्दै न्यौपानेको पुस्तक ‘लुकेको वासना’ विमोचन गरेका थिए ।

प्रमुख अतिथी रेग्मीले समसामायिकता र मन भित्र कुण्ठित पारेर राखेका कुराहरु तथा महिलाहरुको मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

रेग्मीले यो उपन्यासले जीवनका अप्ठ्यारा बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित भएको बताए । महिलाहरुको जीवन पद्धतिको रोचक वर्णनले पुस्तकले जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ ज्ञान समेत पस्किएको उनको तर्क थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा बोल्दै व्यवसायिक महिला संगीता सुवेदीले यौन सम्बन्धलाई नबुझेर समाजमा हिंसाका घटना बढ्दै गईरहेको बताईन् ।

यस्तै साहित्यकार, समालोचक ईश्वरी रिजालले लुकेको वासनाको समिक्षा समेत गरेका थिए उनले समिक्षा सङ्गै लेखन शैली राम्रो भएको र लेखन शैलीलाई अझै निखार ल्याउन केहि शब्द सुधार गर्नु पर्ने समेत बताए ।

यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा धेरै महिलाहरु मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएको कुरालाई आफूले पुस्तक मार्फत वकालत गरेको लेखक न्यौपानेको तर्क थियो ।

‘यौन साथीबीचमा कुरा नमिल्दा दरार पैदा हुने र मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुने कुरा आफ्नो उपन्यासमा समावेश गरेको छु’ लेखक न्यौपानेले बताईन् ।