एचसिआरसी अस्पताललाई दुई थान कन्सेन्ट्रटर मेसिन हस्तान्तरण


एचसिआरसी अस्पताललाई दुई थान कन्सेन्ट्रटर मेसिन हस्तान्तरण

नेपालगन्ज ६ माघ : बासले नेपालगन्ज स्थित एचसिआरसी अस्पताललाई दुई थान कन्सेन्ट्रेटर मेसिन सहयोग हस्तान्तरण गरेको छ ।

एनआरएनए अष्ट्रेलियाको सहयोगमा बास नेपाललाई प्राप्त १० लिटरको उक्त कन्सेन्ट्रेटर मेसिन बासले अस्पतालका प्रमुख डा. कुमारसान शाहलाई हस्तान्तरण गरेको हो ।

कोभिड– १९ सक्रमण तीब्र रुपमा बढीरहेको अवस्थामा बासले बिरामीको उपचारमा सहज होस् भन्ने उद्देश्यले उक्त मेसिन हस्तान्तरण गरेको बताएकोछ । माघ अन्तिम सातादेखि नयाँ भवनमा अत्याधुनिक एनआईसियुसहित थप सेवा बिस्तार गर्न लागेको उक्त अस्पताललाई सेवा प्रबाहमा सहजताका लागि सो मेसिन हस्तान्तरण गरिएको हो ।

कन्सेन्ट्रेटर मेसिन ग्रहण गर्दै अस्पतालका प्रमुख डा. कुमारशान शाहले अस्पतालले सेवा विस्तारको शुरुवातमा बासले गरेको सहयोगले थप हौसला थपेको बताए । उनले प्राप्त कन्सेन्ट्रेटर मेसिनको पूर्ण रुपमा उपयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले एनआरएनएले उपलब्ध गराएको मेसिन अस्पताललाई उपलब्ध गराएको बताए । उनले यसअघि नेपालगन्ज स्थित भेरी अस्पताल, वेष्टर्न अस्पताल लगायतका अस्पतालहरुमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिसकेको बताउँदै सेवा विस्तारको चरणमा रहेको एचसिआरसीले आफ्नो सेवामा थप सुधार ल्याओस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरेको बताए ।

बासले कोभिड–१९ बिरुद्ध सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।