नेपालगन्ज ६ माघ : नेपालमा लगातार कोरोना संक्रमितको रेर्कड तोडिदैं उक्लिरहेकोछ ।
मंगलबार साढे दश हजार बढि संक्रमित भेटिएकोमा हिजो बुधबार एघार हजार बढि संक्रमित भेटिए । भने आज बिहीबार देशभर १२ हजार बढि संक्रमित थपिएकाछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज ६४९ जना डिस्चार्ज भएका छन् भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ।
हालसम्म नेपालमा कोरोनाबाट ९ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ लाख १८ हजार निको भइसकेका छन् । २४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन् ।