नेपालगन्ज ७ माघ : बाँके सहित १६ जिल्लाको काँग्रेस निर्वाचन फेरि स्थगित भएकोछ । यसअघि राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै बाँकेसहित १६ जिल्लाको काँग्रेसको जिल्ला निर्वाचन स्थगित गरिएको थियो ।
बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी माघ १५ गते हुने भनिएको नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित गरिएको हो ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन स्थगित भएको जनाएकाछन् ।
सचिव रिजालद्वारा जारी विज्ञप्तीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै हिजो माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको उल्लेखछ ।
नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन समितिले एक विज्ञप्ती जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो । यसअघि पनि राष्ट्रियसभाको निर्वाचनलाई कारण देखाउँदै रािष्ट्रय सभा निर्वाचन भएपछि माघ १५ गते शनिबार अधिवेशन गर्ने भनिएको थियो । बाँके लगायत १६ जिल्लाको निर्वाचन गत पुस २७ गते गर्ने भनि तोकिएको थियो ।
थप समाचार
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?