देशभर थपिए साढे १० हजार बढि संक्रमित, सक्रिय संख्या ६५ हजार माथि पुग्यो


देशभर थपिए साढे १० हजार बढि संक्रमित, सक्रिय संख्या ६५ हजार माथि पुग्यो

नेपालगन्ज ७ माघ : लगातार उकालो लागेको कोरोना संक्रमतिको तथ्यांकमा गिरावट आएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ९२ नमूना परीक्षण गर्दा शुक्रबार १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ६१८ नमूनाको पीसीआर र ४ हजार ४७४ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

पीसीआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ७६६ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेका छन्