बाँकेका थप ६२ जनामा कोरोना संक्रमण


बाँकेका थप ६२ जनामा कोरोना संक्रमण

नेपालगन्ज ९ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र बाँकेका अनुसार बाँकेमा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

बाँकेको दुई वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७६ जनामा कोराना पुष्टि भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कुल एक सय १३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कुल ४९ वटा नमुना परीक्षण गर्दा ३१ जना र बागेश्वरी ल्याबमा ६४ वटा नमुना परीक्षण गर्दा ४५ जना गरि कुल ७६ जनामा कोरोना पुष्टि भएको केन्द्रले जनाएकोछ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा कुनै पनि नमुना परीक्षण भने भएको छैन । भने आज सम्म कुल एक लाख ४ हजार ६ सय २७ जनाको नमुना जाँच गरिएकोछ ।

केन्द्रका अनुसार आज पोजेटिभ पाइएका मध्ये बाँकेका ३० महिला र ३२ पुरष गरि ६२ जनामा संक्रमण पाइएको छ । यो ६७.२६ संक्रमण प्रतिशत हो । बाँके बाहिरका ७ महिला र ७ पुरुष गरि १४ जना संक्रमित पाइएकाछन् ।
पछिल्लो २४ घण्टामा बाँकेबाट ८ महिला र १८ पुरुष गरि जम्मा २६ जना डिस्र्चाज हुँदा आजसम्म बाँकेबाट ७८४९ महिला र १०४१५ पुरुष गरि जम्मा १८२६४ जना डिस्चार्ज भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन यद्यपी हालसम्म बाँके र बाँके बाहिरका गरि २८७ महिला र ४९५ पुरुष गरि कुल ७८२ जनाको मृत्यु भएकोछ ।

बाँके जिल्लामा रही उपचाररत ६ सय ६६ जना सक्रिय संक्रमित रहेकाछन् । जसमध्ये बाँके बाहिरका १८ जना संक्रमित रहेको केन्द्रले जनाएकोछ ।

सीमानाका जमुनाहमा हालसम्म ३ लाख १९ हजार ३ सय ४८ जनाको स्वास्थ्य जाँच गरिएकोछ । जसमध्ये ६० हजार ४ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय २३ जनामा कोरोना पुष्टि भएकोछ । केन्द्रका अनुसार आईतबार मात्रै सीमानाका जमुनाहमा २ सय ६५ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएकोछ ।

केन्द्रका अनुसार भेरी अस्पतालमा उपचाररत विरामी मध्ये ३२ जना मध्यम, एक जना सिकिस्त तथा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेकोछ ।