कोरोना विरुद्धको भेरोसेल खोप लगाएर घर हिँडेका लक्ष्मणको केही मिनेटमै मृत्यु


कोरोना विरुद्धको भेरोसेल खोप लगाएर घर हिँडेका लक्ष्मणको केही मिनेटमै मृत्यु

धनगढी ९ माघ : कैलालीमा कोरोना भाइरस विरुद्धको खोप लगाएको केही मिनेटमै एक जनाको मृत्युु भएको छ ।

आईतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो,’ वडाध्यक्ष भिखराम चौधरीले भने, ‘तर १५÷२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको खबर आयो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’

वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दूरीमा छ । -अनलाइनखबरबाट