नेपालगन्ज ९ माघ : नेपालमा निरन्तर उकालो लागेको कोरोना संक्रमण दर ह्वात्तै घटेकोछ । पछिल्ला केही दिन लगातार १० हजार बढि संक्रमित भेटिरहदाँ आईतबार नेपालमा कोरोना संक्रमण दर १० हजार मुनि पाइएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै यही अवधिमा १४१६ जना संक्रमणमुक्त हुँदा थप ४ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।