नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि


नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

नेपालगन्ज ९ माघ : नेपालमा एकैदिन थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा थप २८ जनामा ओमिक्रोन संक्रमण भेटिएको हो ।

बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयले जनाएकोछ । यसअघि पनि एकैपटक २४ जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसअघि ३ जनामा ओमिक्रोन पुष्टि भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

योसंगै नेपालमा ५५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकोछ ।

थप समाचार

नेपालमा फैलियो ‘ओमिक्रोन’, एकैपटक २४ जनामा पुष्टि