कोरोनाबाट थप ४ जनाको मृत्यु, १० हजार बढि संक्रमित थपिए


कोरोनाबाट थप ४ जनाको मृत्यु, १० हजार बढि संक्रमित थपिए

नेपालगन्ज १० माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा देशभर थप १० हजार बढि कोरोना संक्रमित पुष्टि भएकोछ । मन्त्रालयका अनुसार नेपालमा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५४ नमूनाको पीसीआर र चार हजार ५४७ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट आठ हजार ५४ र एन्टिजेन परीक्षणबाट दुई हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।