बाँकेका थप ९७ जनामा कोरोना, सक्रिय संक्रमित संख्या ७६० पुग्यो


बाँकेका थप ९७ जनामा कोरोना, सक्रिय संक्रमित संख्या ७६० पुग्यो

नेपालगन्ज १० माघ : जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सोमबार बाँकेमा एक सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएयताको बाँकेमा सबैभन्दा उच्च हो ।

एक सय ३७ जनामा पीसीआर परीक्षणबाट र ६२ जनामा एन्टिजेन विधिबाट जाँच गर्दा संक्रमण पुष्टि भएको हो । यस्तै आज थप ३९ जना डिस्चार्ज भएका छन् ।

जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ९५ नमुना परीक्षण भएकोमा एक सय ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ । भने ४९ महिला र ४८ पुरुष गरि बाँकेका ९७ जनामा कोरोना पुष्टि भएकोछ ।

भेरी अस्पतालमा एक सय २३ जनाको नमुना जाँच गर्दा ९१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४४ जनाको नमुना जाँच गर्दा ३० जना र बागेश्वरी ल्यावमा २८ नमुना जाँच गर्दा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्शन तेज ओलीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै जमुनाह नाकामा चार सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भने कोहलपुर नगरपालिकाले आज(सोमबार)देखि सुरु गरेको एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा संक्रमण पुष्टि भएकोछ ।

कुल ४४ जनाको नमुना जाँच गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका हाल सक्रिय संक्रमित संख्या ७६० रहेकोछ ।