File Photo
नेपालगन्ज ११ माघ : कोरोना संक्रमणबाट बाँकेका थप एक जना महिलाको मृत्यु भएकोछ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित भई उपचाररत ती महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
केन्द्रका अनुसार महिलाको मंगलबार बिहान पौने ८ बजेतिर भेरी अस्पतालमा मृत्यु भएको थियो । केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार यही माघ ८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनले पीसिआर परीक्षण गराएकी थिइन् ।
भेरी अस्पतालमा माघ ९ गते भर्ना भएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।