बाँकेका ९७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु


बाँकेका ९७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालगन्ज ११ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा मङ्गलबार एक सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

जिल्लाका तीन वटा प्रयोगशालामा दुई सय ४७ नमुना परीक्षण गर्दा एक सय ६२ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रले जनाएकोछ । यो नमुना परीक्षण गरिएकोमा ६५.५९ प्रतशत संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा एक सय ३६ जनाको नमुना जाँच गर्दा ८९ जनामा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ७९ जनाको नमुना जाँच गर्दा ५४ जना र बागेश्वरी ल्यावमा ३२ नमुना जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको केन्द्रका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । नेपालगन्ज, कोहलपुरसहित खजुरा, राप्तीसोनारी, जानकी गाउँपालिकामा पनि संक्रमण दर बढ्दै गएको उनले बताए । योसंगै बाँकेमा सक्रिय संक्रमितको संख्या आठ सय २३ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मङ्गलबार संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार तीन सय आठ पुगेको छ ।

यस्तै आज थप ४६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ४९ पुगेको छ ।

यसबीच बाँकेका एक जना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा भर्ना हुने संक्रमित पनि बढेका छन् । बाँकेका अस्पताल र आइसोलेसनमा ४७ जना उपचाररत छन् । ती मध्ये ४५ जना मध्यम, १ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।