बाँकेकै राप्तीसोनारी र खजुरा दोस्रो र तेश्रो स्थानमा
नेपालगन्ज १२ माघ : देशमै सबैभन्दा बढि जनसंख्या बाँकेको बैजनाथ गाउँपालिकामा रहेको पाइएकोछ । राष्ट्रिय जनगणना–२०७८ ले सबैभन्दा बढि जनसंख्या भएको गाउँपालिकातर्फ बाँकेको बैजनाथ गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ ।
सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।
केन्द्रिय तथ्यांक विभागका अनुसार सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङ्गको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङ्सियाङ र नासोँ गाउँपालिका छन् ।
जनगणनाअनुसार १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ छ भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ रहेको छ ।
राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका रहेकाछन् ।
सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालिगुराँस र दोलखाको जिरी नगरपालिका छन् ।
सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।
२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।
थप समाचार
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे