भेरीमा उपचाररत १६ वर्षिय कोरोना संक्रमित बालकको मृत्यु


भेरीमा उपचाररत १६ वर्षिय कोरोना संक्रमित बालकको मृत्यु

नेपालगन्ज १२ माघः कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा उपचाररत १६ वर्षिय बालकको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कालिकोट जिल्लाको शुभकालिका–५ का १६ वर्षीय बालकको आज विहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनले कोरोना विरुद्धको कुनै पनि खोप नलगाएको केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार ती बालक बाख्रा चराउन गएको बेला लडेर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

उपचारका क्रममा उनलाई माघ ४ गते कोरोना पुष्टि भयो । त्यसको भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि भेरी अस्पतालमा उपचाररत बर्दियाका कोरोना संक्रमित एक जना बृद्धको मृत्यु भएको थियो ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–६ निवासी ७१ वर्षीय बृद्धको उपचारका क्रममा गएराती भेरी अस्पतालमा मृत्यु भएको हो ।

माघ १० गते भेरी अस्पतालमै पीसिआर परीक्षण गराएका उनी त्यसै दिन भर्ना भएका थिए । ओमिक्रोन संक्रमण फैलिएपछि भेरी अस्पतालमा यो चौथो मृत्यु हो ।