नेपालगन्ज १३ माघ : बाँकेको कोहलपुरमा बिहीबार थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोहलपुर नगरपालिकाले पालिका कार्यालयमा ५३ जनाको एन्टिजेन परीक्षण गरेकोमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोहलपुरका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार संक्रमित सबै कोहलपुर क्षेत्रका हुन् । संक्रमण पुष्टि भएकाहरुमा गर्भवती समेत परेका छन् । अधिकांशमा लक्षण चिन्ह देखिएको छ ।
भाइरस संक्रमणको जोखिम बढेसँगै नगरपालिकाले सातामा दुई दिन सोमबार र विहीबार लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्दै आएको छ ।