भिजन आँखा अस्पतालमा अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा


भिजन आँखा अस्पतालमा अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा

नेपालगन्ज १३ माघ: भिजन आँखा अस्पतालले नयाँ प्रविधि थपेर आफ्नोे सेवा स्तरन्नोति गरेकोछ । नेपालगन्जको विपी चोकस्थित मेडिकल कलेजको ठिक पूर्वपट्टि रहेको भिजन आँखा अस्पतालले नेपालमै पहिलो पटक आँखाको लागि अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा ल्याएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डाक्टर प्रचण्ड गौतमका अनुसार देशभरका आँखा अस्पतालहरुमा पहिलोपटक भिजनले अत्याधुनिक मोडुलर अप्रेशन थियटर सञ्चालनमा ल्याएकोछ । नयाँ खुलेका जनरल आँखा अस्पतालहरुमा भने यो मोडुलर अप्रेशन थियटर निर्माण गरिएपनि देशका ठूला र पुराना आँखा अस्पतालहरुमा यो सुविधा नभएको डाक्टर गौतमले बताए ।

दैनिक २५ वटाको हाराहारीमा आँखा अप्रेशन भइरहेको भिजन अस्पतालमा दुई वटा मोडुलर शल्यक्रिया कक्षबाट दैनिक एक सय जनाको शल्यक्रिया गर्ने गरि क्षमता स्तारोन्नती गरिएको डाक्टर गौतमले जानकारी दिए ।
यसका लागि अस्पताल हाताभित्र नयाँ कक्ष समेत सञ्चालनमा ल्याइएकोछ ।

‘मोडुलर अप्रेशन थियटरको अभावमा शल्यक्रिया सेवा प्रदान गर्दा कारणबस बिरामीमा कुनै किसिमको इन्फेक्सन हुने हुदाँ मोडुलर अप्रेशन थियटरबाट त्यस्तो संक्रमणबाट जोगाउन सकिनेछ’ डाक्टर गौतमले अगाडी थपे यो प्रविधिबाट शल्यक्रिया पश्चात हुने आँखाको संक्रमण जोगाउन सकिने भएकाले निर्मुलीकरणका लागि पनि विशेष व्यवस्था गरिएकोछ ।’ ‘यो प्रविधि जडान गर्न महंगो पर्छ, यस प्रकारको सुविधाले बिरामीसँगै उपचारमा संलग्न चिकित्सकलाई पनि ढुक्क बनाउँछ’ डाक्टर गौतमले थपे ।

Kanti Aarogya Hospital Nepalgunj

अपस्ताल स्थापनाको छोटो समयमा करिब ५० लाखको लागतमा भिजनले मोडुलर र सेमि मोडुलर अप्रेशन थियटर तयार गरेर सञ्चालनको अवस्थामा ल्याएको हो । भिजन आँखा अस्पताल नेपालगन्जले अत्याधुनिक मोडुलर अप्रेशन थियटरबाट केहिदिनमै बिरामीको शल्यक्रिया गर्ने तयारी पनि गरेको उनले बताए ।

भारतबाट समेत उपचारका लागि बिरामी आउने यो अस्पतालमा खासगरी जलबिन्दु, मोतियाबिन्दु र दृष्टि पर्दाका बिरामीहरु शल्यक्रियाका लागि आउने गरेका छन् । अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतमका अनुसार २०७५ माघ २७ गते १५ शैयाबाट भिजन आँखा अस्पतालले सेवा सुरुवात गरेको हो ।

भिजनले जनरल वार्डका विरामीलाई शैया निःशुल्क उपलब्ध गराइनुका साथै अस्पतालले ३ वटा स्पेशल क्याविन समेत बनाइरहेकोछ । भिजन आँखा अस्पतालमा डाक्टर प्रचण्ड गौतम बाहेक दुईजना काठमाण्डौं र भैरहवाबाट आँखा रोग विशेषज्ञ, २ जना स्थायी रुपमा आँखा रोग विशेषज्ञ, आँखा, प्रयोगशाला, एक्सरे सम्बन्धि ३ जना प्राविधिक लगायत २५ जना कर्मचारी कार्यररत छन् ।