नेपालगन्ज १३ माघ : कोरोना भाइरस संक्रमणको रेड जोनमा परेको बाँकेमा दिनहुँ संक्रमित दर उकालो लागिरहेकोछ । बाँकेमा संक्रमित बढेसंगै कोरोनाका सक्रिय संक्रमित पनि उकालो लागिरहेकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा बिहीबार बेलुकासम्म सक्रिय संक्रमित ९२३ पुगेकोछ ।
केन्द्रका अनुसार हाल भेरी अस्पतालमा २१ जना महिला र ८ जना पुरुष गरि २९ जना र ४०९ जना महिला तथा ५०१ जना पुरुष विभिन्न आइसोलेसनमा रहेकाछन् ।
बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको ९२ जनाको नमुना परीक्षणका क्रममा ५९ जनामा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६३ जनाको नमुना परीक्षण गर्दा ५६ जनामा र बागेश्वरी ल्याबमा २७ वटा नमुना परीक्षण गर्दा १७ जना गरि कुल १३२ जनामा कोरोना पुष्टि भएकोछ ।
बिहीबार कोरोना पुष्टि हुनेमध्ये बाँकेका ८९ जना र बाँके बाहिरका ४३ जना रहेकाछन् । केन्द्रका अनुसार यही अवधिमा थप ७७ जना डिस्चार्ज भएकाछन् । हालसम्म एक लाख २४ हजार ९ ३१ जनाको नमुना परीक्षण गरिएको छ । भने २० हजार ७ सय २८ जनामा कोरोना पुष्टि भएकोछ ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ४ सय ५९ रहेकोछ । भने मृत्यु हुनेमा बाँकेका ३४६ र बाँके बाहिरका ४४० गरि कुल ७८६ जनाको मृत्यु भएकोछ ।