नेपालगन्ज १४ माघ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
बाँकेका तीन वटा प्रयोगशालामा गरिएको १६० नमुना परीक्षणका क्रममा थप ९३ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ९० जनाको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भयो भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ५४ नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै बागेश्वरी ल्याबमा १६ जनाको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएकोछ ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा गरिएको नमुना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएका ९३ जना मध्ये बाँकेका ६१ जना र बाँके बाहिरका ३२ जना संक्रमित रहेकाछन् । यही अवधिमा ७८ जना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् ।
केन्द्रका अनुसार भेरी अस्पतालमा २० जना महिला र ९ जना पुरुष गरि २९ जना उपचाररत रहेका छन् । भने होम आईसोलेसनमा ४२३ जना महिला र ५१५ जना पुरुष रहेकाछन् । शुक्रबार बाँकेमा थपिएका संक्रमितसंगै बाँकेको सक्रिय संक्रमित संख्या ९३४ पुगेकोछ ।