देशभर थप ६ जनाको मृत्यु, थपिए ४,९०४ संक्रमित


देशभर थप ६ जनाको मृत्यु, थपिए ४,९०४ संक्रमित

नेपालगन्ज १५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

पछिल्लो २४ घण्टामा देशभर उपचाररत रहेका कोरोना संक्रमित मध्ये ६ जना संक्रमितको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार यही अवधिमा देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।