कोरोनाबाट थप ८ जनाको मृत्यु, सक्रिय संक्रमित ८० हजार नजिक


कोरोनाबाट थप ८ जनाको मृत्यु, सक्रिय संक्रमित ८० हजार नजिक

नेपालगन्ज १७ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।