बाँकेसहित ७७ वटै जिल्लालाई खोपको अभिलेख उपलब्ध गराउन निर्देशन


बाँकेसहित ७७ वटै जिल्लालाई खोपको अभिलेख उपलब्ध गराउन निर्देशन

नेपालगन्ज १७ माघ : बाँकेसहित ७७ वटै जिल्लालाई सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो । हिजोमात्रै मन्त्रालयले सो सम्बन्धी छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले दुई सातामा प्रतिवेदन पेस गर्ने जनाइएको छ ।