कोरोना संक्रमणबाट मृत्यु भएको ब्यक्तिको पीपीई लगाएर दाहसस्कार गरिदैं । फाइल तस्विर
नेपालगन्ज १९ माघः भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएकोछ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–२ निवासी ८५ वर्षीय बृद्धको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४७ जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा गत पुष २३ गते पीसिआर परीक्षण गराएका ती बृद्धमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भोलीपल्ट भेरी अस्पताल उनी भर्ना भएका थिए ।
भेरी अस्पतालमा उपचाररत ती बद्धको स्वास्थ्यमा कुनै सुधार नआएपछि आज (बुधबार) बिहान ८ः४५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
यस्तै कोरोना संक्रमणका कारण बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका ४ सय ४१ जनाको मृत्यु भएको छ ।