कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, थपिए ३ हजार बढि संक्रमित


कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, थपिए ३ हजार बढि संक्रमित

नेपालगन्ज १९ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएकोछ ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा देशभर एकैदिन १२ जना संक्रमितको मृत्य भएको जानकारी दिइन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

नेपालमा ओमिक्रोनको सहायक भाइरस ‘बीए.२’ फैलँदै : डब्लूएचओ