कोरोनाबाट भेरीमा ९ घण्टाको फरकमा नेपलगन्ज र दाङका २ जनाको मृत्यु


कोरोनाबाट भेरीमा ९ घण्टाको फरकमा नेपलगन्ज र दाङका २ जनाको मृत्यु

नेपालगन्ज २० माघः नेपालगन्जस्थित भेरी अस्पतालमा नौ घण्टाको फरकमा दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका बृद्ध रहेका छन् ।

जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ बाँके निवासी ८६ वर्षीय बृद्धको उपचारका क्रममा आज (बिहीबार) बिहान ९ बजे मृत्यु भएको हो । यही माघ १३ गते भेरी अस्पतालमा पीसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि सोही दिन उनी अस्पतालमा भर्ना भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी ८० वर्षीय बृद्धको भेरी अस्पतालमा मृत्यु भएको छ । यही माघ १६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ११ः५० बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४८ जनाको मृत्यु भएको छ । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४२ जना संक्रमितको मृत्यु भइसकेको छ ।