बाँकेमा ४४ जना थपिदाँ ८६ जना डिस्चार्ज


बाँकेमा ४४ जना थपिदाँ ८६ जना डिस्चार्ज

नेपालगन्ज २० माघः बाँकेमा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १२ जनागरी ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएकोछ ।

भेरी अस्पतालको प्रयोगशालामा ११ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा १५ जना र बागेश्वरी ल्यावमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै जमुनाह नाकामा २८४ जनाको एन्टिजेन जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका १४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७५५ पुगेको छ । यस्तै थप ८६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ४७ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६२९ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ४६ जना मध्यम खाले विरामी छन् ।